FAQs Complain Problems

घरेलु तथा साना उद्योग कार्यालय, त्रिपुरेश्‍वर, काठमाडौँको तालिमका लागि प्रशिक्षार्थी छनौटको सूचना

घरेलु तथा साना उद्योग कार्यालय, त्रिपुरेश्वर, काठमाडौँको मिति २०७९।१०।२७ गते प्रकाशित सूचना अनुसार आर्थिक वर्ष २०७९।८० को स्वीकृत कार्यक्रम तथा बागमती प्रदेश सरकार सीप विकास तालिम सञ्चालन कार्यविधि २०७९ को अधीनमा रही तालिमहरु सञ्‍चालन हुन लागेकोले सूचना प्रकाशित मितिले २१ दिनभित्र (२०७९ फागुन १८ गते) सम्ममा QR Code स्क्यान गरी प्राप्त फारम भरी निवेदन पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।