FAQs Complain Problems

बुढानिलकण्ठ नगरपालिकाको संक्षिप्त विवरण

स्थापना वर्षः वि. सं. २०७१ साल मंसिर १६ गते

प्रदेश: वागमती प्रदेश

जिल्लाः काठमाडौं

जनसंख्याः १,७७,५५७।– महिलाः ९०२२० (५०.८०%),  पुरुषः ८७३३७ (४९.२०%) 

कुल क्षेत्रफलः ३४.८० वर्ग किमि

जम्मा वडा संख्याः १३

प्रमुख भाषाः नेपाली, नेवारी, तामाङ, मगर, मैथली, राई, शेर्पा, गुरुङ आदि

लैङ्गिक अनुपात : ९६.८०

प्रमुख धर्मः हिन्दु, किराँत, बौद्ध इसाई आदि

जनघनत्वः ५,१०२ प्रति वर्ग किलोमिटर

परिवारको औषत आकारः ३.७८ प्रति परिवार

उचाई १२८९-२६९९ मि.

सामुदायिक विद्यालयः १९

स्वास्थ संस्था: १२

प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यः बुढानीलकण्ठ मन्दिर, इस्कोन मन्दिर, शिवपुरी राष्ट्रिय निकुञ्ज, विष्णुद्वार धाम, कपन गुम्बा, बागद्वार, नागि गुम्बा, नौलिन भद्रकाली मन्दिर,  खड्का भद्रकाली

 

बागमती प्रदेश, काठमाडौँ जिल्लामा अवस्थित बुढानीलकण्ठ नगरपालिका नेपाल सरकार, तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७१ मङ्सिर १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट चपली, भद्रकाली, खड्का भद्रकाली, चुनिखेल, महाङ्काल, विष्णुबुढानीलकण्ठ र कपन गरी ६ वटा गा.वि.स.हरू मिलाएर १९ वडामा बिभाजन गरी प्रशासकीय हिसावले समायोजन गरिएको थियो । तर नेपाल सरकारको मिति २०७१ फाल्गुन २७ गतेको निर्णयले साविककै १९ वटा वडाहरूलाई १३ वटा वडाहरूमा पुनः समायोजन गरी यसको अन्तिम प्रशासकीय ढाँचा तयार गरिएको हो । बुढानीलकण्ठ नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिकामध्येको एक नगरपालिका हो । नेपालको राजधानीमा अवस्थित काठमाडौं जिल्लाका ११ वटा स्थानीय सरकारमध्ये (महानगरपालिका बाहेक) जनसङ्ख्याको आधारमा नेपाल भरीको दोश्रो ठूलो यस नगरपालिकाको उत्तरतर्फ नुवाकोट जिल्लासँग जोडिएको तथा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, दक्षिणमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३,४,६,७ र टोखा नगरपालिकाको वडा नम्बर ४ धापासी रहेको छ । त्यस्तै पश्चिमतर्फ टोखा नगरपालिका पर्दछ भने पूर्वतर्फ गोकर्णेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ सँग जोडिएको छ । काठमाडौँ उपत्यकाका थुप्रै धार्मिक स्थलहरूमध्ये बुढानीलकण्ठ नगरपालिका पनि महत्वपूर्ण मानिन्छ । उत्तरी भागमा शिवपुरीका फेदीमा रहेको यो स्थल शैव, वैष्णव, र बौद्ध धर्मालम्वीको आस्थाको क्षेत्र हो । आवासीय क्षेत्र धेरै रहेको यस नगरपालिकाको उत्तरतर्फ शिवपुरी पर्वत श्रृङ्खला लगायत हरियाली जङ्गल रहेको यस नगरपालिकामा भिरालो भूभाग पनि रहेको छ भने दक्षिणतर्फ समथर भूभाग रहेको र अधिकांश भूभाग बाक्लो बस्तीले ढाकेको छ । यस क्षेत्रबाट विष्णुमती, रूद्रमती, धोबीखोला, यज्ञमती, च्यानेखोला जस्ता नदीखोलाहरू बगेर गएका छन् ।

यस नगरपालिकाभित्र प्रसिद्ध बुढानीलकण्ठ मन्दिर चण्डेश्वर मन्दिर, रूद्रेश्वर, भद्रकाली, पञ्चकन्या, शिव, कृष्ण, वंगलामुखी जस्ता देवदेवीका मन्दिरहरू रहेका छन् । बौद्धमार्गीहरूका चर्चित सार्वजनिक गुम्बा श्री डाङ्यूर झयाङ्गतेरा दाग्र्यालिङ गुम्बा, आनी गुम्बालगायत बौद्ध मठहरू रहेका छन् । त्यस्तै, विभिन्न धर्मालम्बीहरूका आस्थाका केन्द्रहरूसमेत रहेका छन् । विश्व मानचित्रमा यस बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक अवस्थिति २७ डिग्री ४३ मिनेट १९सेकेन्ड उत्तरी अक्षांशदेखि २७ डिग्री ४८ मिनेट ५० सेकेन्ड उत्तरी अक्षांश र ८५ डिग्री २० मिनेट ९ सेकेन्ड पूर्वी देशान्तरदेखि ८५ डिग्री २३ मिनेट २८ सेकेन्ड पूर्वी देशान्तरसम्म फैलिएको छ । यस नगरपालिकाको उचाइ समुन्द्री सतहदेखि १२८९ देखि २६९९ मिटरसम्म रहेको छ भने कुल क्षेत्रफल ३४.८० वर्ग किमि रहेको छ ।

नेपाल सरकारको मिति २०७१ फाल्गुन २७ को निर्णयले साविककै १९ वडालाई १३ वडा मा पुनः समायोजन गरी यसको अन्तिम प्रशासकीय ढाँचा तयार गरिएको हो । बुढानीलकण्ठ नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिकामध्येको एक नगरपालिका हो । बुढानीलकण्ठ नगरपालिका एक प्रसिद्ध धार्मिक नामबाट नामकरण गरिएको हो । हाल यस नगरकार्यपालिकाको कार्यालय ८ नं.वडा हात्तीगौँडामा रहेको छ । नगरपालिकाका वडा कार्यालय रहेको स्थान र स्वामित्वसम्बन्धी विवरणलाई तलको तालिकामा दिइएको छ :



वडा कार्यालय

कार्यालय रहेको स्थान

वडा नं. १

  तौलुङ्‍ग

वडा नं. २

  चपली घुम्ती

वडा नं. ३

  नारायणस्थान

वडा नं. ४

  पासिकोट

वडा नं. ५

विष्णुमति

वडा नं. ६

खड्‍का भद्रकाली

वडा नं. ७

हात्तीगौंडा, डठुगाउँ

वडा नं. ८

  गोल्फुटार

वडा नं. ९

मन्डिखाटार, कुमारी मार्ग

वडा नं. १०

  आकासेधारा कपन

वडा नं. ११

  शङ्‍करेडाँडा कपन

वडा नं. १२

  दुर्गा मन्दिर

वडा नं. १३

  चुनीखेल

 

वडाहरूको हाल साविकको विवरण





वडा कार्यालय

साविक गा.वि.स. हुने वडा

स्थानीय निकाय हुने वडा

स्थानीय तह हुने वडा

चपली भद्रकाली

1,2,3,4,5

1

1

6,7

2

2

8,9

3

बूढानीलकण्ठ

1,2,3

4

3

4,5,6

5

4

7,8,9

6

5

खड्का भद्रकाली

1,2,3,4,5

7

6

6,7,8,9

8

7

महाँकाल

1,2,3,4

9

8

5,6,7

10

8,9

11

9

आकाशेधारा, कपन

3

12

10

1

14

12

4,5

13

11

2,6

18

7,8,9

19

चुनिखेल

1,2,3

15

13

 

4,5,6

16

7,8,9

17

 

नगरपालिकाको नक्साः

 

राष्ट्रिय जनगणना २०७८ - बुढानीलकण्ठ नगरपालिका