सेवा प्रवाह बन्द रहने सम्बन्धी सूचना !!!
सेवा प्रवाह बन्द सम्बन्धी सूचना !!!
सेवा प्रवाह बन्द सम्बन्धी सूचना !!!
बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ स्थित प्रसिद्ध धार्मिक एवं सांस्कृतिक स्थल बुढानीलकण्ठ मन्दिरमा मिति २०८३ साल मंसिर ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने हरिबोधिनी एकादशी मेलाको अवसरमा यस नगरपालिकाको मिति २०८३/०७/१९ गते बसेको १६ औं कार्यपालिकाको बैठकको निर्णय बमोजिम मिति २०८३ साल मंसिर ४ गते शुक्रबार नगरपालिका र अन्तर्गतका कार्यालयहरुमा अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द रहने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्ने जाने असुविधाप्रति नगरपालिका क्षमाप्रार्थी छ ।
साथै, यस धार्मिक एवं सांस्कृतिक पर्वको गरिमा र महत्वलाई आत्मसात् गर्दै हरिबोधिनी एकादशी मेलालाई सभ्य, भव्य, व्यवस्थित एवं मर्यादित रूपमा सफल बनाउन नगरपालिकाका सम्पूर्ण नगरवासी, संघसंस्था, सामाजिक अभियन्ता तथा सरोकारवालाहरु सबैमा उत्साहजनक सहभागिताका लागि हार्दिक अनुरोध छ ।
मिति: २०८३ साल मंसिर २ गते बुधबार ।
अजय बर्तौला
प्रमुख प्रशासकीय अधिकृत