FAQs Complain Problems

समाचार

बूढानिलकण्ठ नगरपालिका यँहाहरुको हार्दिक स्वागत गर्दछ।

संक्षिप्त जानकारी

बूढानिलकण्ठ नगरपालिका एउटा प्रशिद्ध धार्मिक सम्पदाको नामबाट नामकरण भएको देशकै महत्वपुर्ण स्थानीय सरकार हो । नेपालको राजधानी काठमाडौँका ११ वटा नगरपालिकामध्ये ९महानगरबाहेक० जनसङ्ख्याको आधारमा सबैभन्दा ठूलो यस नगरपालिकाको उत्तरतर्फ नुवाकोट जिल्लाको गाउँपालिकासँग जोडिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, दक्षिणमा काठमाडौँ महानगरको वडा नं ३, ४, ६, ७ र टोखा नगरपालिकाको वडा(४ धापासी रहेको छ । त्यस्तै, पश्चिमतर्फ टोखा नगरपालिका पर्दछ । पूर्वतर्फ गोकर्णेश्वर नगरपालिका र का।म।न।पा वडा नं ६ सँग जोडिएको छ । साविकका चपली भद्रकाली, विष्णु बूढानिलकण्ठ, खड्का भद्रकाली, महाङ्काल, चुनिखेल र कपन गरी ६ गा।वि।स मिलेर बनेको यस नगरपालिकामा वि।सं २०६८ को तथ्याङ्क अनुसार १,०७,९१८ जनसङ्ख्या रहेको र हाल करीब २ लाख जनसङ्ख्या बसोबास गर्दछन् । आवासीय क्षेत्र धेरै रहेको यस नगरलाई १३ वडामा विभाजन गरीएको छ । 
उत्तरतर्फ शिवपुरी पर्वत श्रृङ्खला, हरियाली जङ्गल करिब ३ कि।मी दुरीमा फैलिएको भिराला भूभाग रहेको छ । दक्षिण तर्फ समथर उर्वर भुभाग रहेकोमा धेरै ठाउँ बाक्लो वस्तीले ढाकेको र केही खाली क्षेत्रहरूमा समेत क्रमश नयाँ वस्तीहरू निर्माण हुने क्रममा रहेको छ । यस क्षेत्रबाट विष्णुमती, रूद्रमती, धोवीखोला, यज्ञमती जस्ता नदी, खोलाहरू प्रवाहशील छन् । बिचका केही भागहरूमा सार्वजनिक सामूदायिक जगंलहरू र सार्वजनिक जग्गामा रहेका परम्परागत हरियाली क्षेत्र समेत रहेका छन् । 
यस नगरपालिका भित्र प्रसिद्ध बूढानिलकण्ठ मन्दिर, चण्डेश्वरी मन्दिर, रूद्रेश्वर, भद्रकाली, पञ्चकन्या, शिव , कृष्ण जस्ता देवदेवीका मन्दिरहरू रहेका छन् । बौद्ध मार्गीहरूका चर्चित आनीगुम्बा लगायत बौद्ध मठहरू रहेका छन् । त्यस्तै, विभिन्न धर्मावलम्बीहरूका आस्थाका केन्द्रहरू समेत रहेका छन् । 
निर्वाचन पश्चात् गठन भएको नगर कार्यपालिकाले जनतालाई सुशासनको प्रत्याभूति दिने आफ्नो नीति अनुरूप पहिलो बैठक बाट निर्णय गराई हाल संयुक्त स्थानमा सञ्चालन रहेका वडा कार्यालयहरूलाई यही श्रावण १ गतेबाट जनतालाई पायक पर्ने  छुट्टा छुट्टै स्थानमा १३ वटा वडा कार्यालय स्थापना गरी सेवा प्रवाह गराउन प्रयत्न गरेका छौँ ।

     

 लक्ष्य

  • नगरपालिका प्रशासनिक सङ्गठनको संरचना, जनशक्ति कार्यक्षमता वृद्धि गरी मुस्कानसहितको सेवा प्रदान गर्ने ।
  • स्वच्छ पिउने पानी वितरणको आधार तय गरी शीघ्र १ घर १ धारा पुर्याउने कार्यक्रम सुरू गर्ने ।
  • विद्यमान सडक यातायतमा सुधार गरी आ.व अन्तमा मुख्य सडक हिलो, धुलो मुक्त गरी पक्की गर्ने । कम्तिमा ३ वटा थप सडक विस्तार सुरू गर्ने ।
  • कम्तिमा २ वटा सीप प्रशिक्षण केन्द्रको पूर्वाधार तयार गर्ने ।
  • एक नगर बैठक हल निर्माण गर्ने ।
  • नगरपालिका भवन १००% निर्माण कार्य सम्पन्न गर्ने ।
  • पर्यटन पूर्वाधारको गुरूयोजना बनाई १ पार्क र पर्यटन पैदल मार्गको रेखाङ्कन गर्ने।
  • शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार विकासका लागि नगरको गुरूयोजना निर्माण गर्न विभिन्न छलफल, अनुसन्धानबाट निर्णयमा पुग्ने ।
  • राजश्व वृद्धि गरी नगरस्रोत बढाउने ।
  • नगर विकास योजना कार्यान्वयन क्षमता बृद्धि गर्ने ।
  • आम नागरीकहरूलाई नगर निर्माणमा सरिक गराउने । 

    उद्देश्य  :-

  • असल शासन, पारदर्शी प्रशासन ।
  • नगरवासीको नारा, सफा पानीसहितको धारा उपलव्ध गराउने ।
  • लैङ्गिक समानता, न्यायपूर्ण, समावेशी र प्रजातान्त्रिक संस्कारको विकास गर्ने ।
  • दिगो पूर्वाधारको विकास र सडक यातायात सुधार गर्ने ।
  • नगरको मौलिक संस्कृति परम्परा र पहिचान, इतिहास, भौगोलिक सौन्दर्य चिनारीको विकास प्रबर्द्धन गर्दै पर्यटन विकास गर्ने ।
  • सीप तालिम उद्यमशीलता, रोजगार, आय आर्जन आर्थिक विकास गतिविधि वृद्धि गरी समृद्दी तर्फ अग्रसर गराउने ।
  • शिक्षित र सीपयुक्त जनशक्ति वृद्धि गराउने ।
  • सामाजिक सुरक्षा र दिगो शान्तिको कार्यक्रम अघि बढाउने ।
  • वन, वातावरण संरक्षण, फोहोर मैला व्यवस्थापनको ठोस योजना तयार गरी विपद् व्यवस्थापनको तयारी अघि बढाउने ।
  • स्थानीय तह सञ्चालनको लागि आवश्यक नीति नियम, विनियम तयार गरी लागू गर्ने ।

      विद्यमान अवस्थाको समीक्षा

  • योजना निर्माणमा स्थानीय आवश्यकता , राष्ट्रिय लक्ष्य र उद्देश्य अनुरूप हुन नसक्दा दिगो विकास र समृद्धिको दिशा निर्दिष्ट गर्न नसकिएको ।
  • भौतिक पूर्वाधार निर्माण , सडक सञ्जालको गुरूयोजना र मापदण्डबारे भर्खर मात्र छलफल शुरू भएको ।
  • मानिसको जीवनसँग अत्यन्त महत्व राख्ने पिउने पानीको माग र आवश्यकता अनुरूप ठोस योजना नहुँदा ५०% जनताले खानेपानीको सुविधा प्राप्त गर्न सकेका छैनन् ।
  • अव्यवस्थित र अदूरदर्शी शहरीकरणको कारण नगरको आधारभूत सुविधा र सौन्दर्यको व्यवस्था गर्न कठिन रहेको । दोहोरो सवारी चल्न नसक्ने साँघुरा गल्ली र अग्ला घर चुनौती रहेको ।
  • ढल र वर्षातको पानी निकासको व्यवस्थित योजना र कार्यान्वयन चुनौती पूर्ण रहेको ।
  • जनसङ्ख्याको अनुपातमा खुल्ला क्षेत्रको अभाव ।
  • नगरपालिकामा रहेको हरियाली क्षेत्र संरक्षण र सदुपयोग गर्ने योजनाको अभाव ।
  • आर्थिक गतिविधि बढाउने , रोजगार तथा आयस्रोत वृद्धि गर्ने पूर्वाधारको कमी ।
  • नगरपालिका भित्रको विकास योजनामा नगरवासीहरूको दायित्व बोध र अपनत्व  वृद्धि गर्न नसकिएको ।
  • लक्षित वर्गको कार्यक्रमहरूलाई उद्धेश्य मूलक बनाउन नसकिएको ।
  • सरकारी(जिल्ला, केन्द्र) स्तरबाट संञ्चालित योजना कार्यान्वयन अत्यन्त ढिलासुस्ती र पारदर्शी नहुनु ।
  • नगरपालिकाको स्पष्ट भू-उपयोग नीतिको अभाव, जथाभावी जग्गा विकास र मापदण्ड विपरित प्लटिङ गर्ने समस्या ।
  • स्थानीय निकाय बाट प्रदान गरीने योजना, बजेट विनियोजन, दिगो विकासको लागि निर्दिष्ट लक्ष्य , उद्धेश्य र नगरको आवश्यकता भन्दा पहुँच, प्रभाव र हचुवाको भरमा गर्ने प्रवृत्ति हुनु ।
  • विगत २० वर्ष देखि निर्वाचन हुन नसकी कर्मचारीहरूको तर्फबाट स्थानीय निकाय संञ्चालन हुदै आएकाले सुशासनको प्रत्याभुती पुर्ण रूपमा हुन नसकेको ।

      सबल पक्ष

  • उत्तरतर्फ अग्लो हरियाली ४ कि.मी लामो महाभारत पर्वतीय श्रृङ्खलाको सोभायमान सौन्दर्य तथा हरियाली ग्रिन बेल्ट ।
  • हिन्दु, बौद्ध, र किराँत धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र, धार्मिक सहिष्णुताको अनुपम नमुना बूढानिलकण्ठ मन्दिर ।
  • काठमाडौँको सभ्यता निर्माणमा महत्वपुर्ण योगदान दिने बाग्मती, विष्णुमती, रूद्रमती (धोवीखोला) जस्ता नदीहरूको उद्गम स्थल तथा जलाधार क्षेत्र ।
  • काठमाडौँ उपत्यकाको सबैभन्दा नजिकमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज ।
  • नौलिङ्गेस्वरी भद्रकाली, कपन गढी, खड्ग भद्रकाली, चुन्निदेवी, पञ्चकन्या, गणेश, प्राचीन शिव मन्दिर ,  गुम्बाहरू जस्ता प्रसिद्ध दर्जनौ धार्मिक केन्द्रका अवस्थिति ।
  • शिवपुरी बाबा, टोड्के बाबा लगायत विभिन्न योगी तपश्वीहरूको तपोभूमी तथा विपस्यना ध्यानकेन्द्र जस्ता योग साधनाका केन्द्रहरू ।
  • प्रत्येक बस्तीमा बाटोको सञ्जाल ।
  • उपत्यकाकै आवासीय क्षेत्रहरूमा पहिलो रोजामा आउने यस नगरपालिकामा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको बसोबास भएको ।
  • राष्ट्रिय निकुञ्जको काखमा शान्त र सुन्दर हावापानी भएको क्षेत्र ।
  • न्यूरो हस्पिटल ।
  • बूढानिलकण्ठ स्कुल लगायत सयौं विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरूको सञ्चालन ।

       कमजोर पक्ष:-

  • भिरालो भूभाग भएको कारण माटो कटान, भूक्षय, पहिरो र नदी कटानले जनतालाई बढी दु:ख दिनु ।
  • वस्ती विकास अनियन्त्रित र अवैज्ञानिक रूपले वृद्धि हुँदा सहरको सौन्दर्य कायम गर्न कठिन ।
  • पिउने पानीको एकीकृत रूपमा स्रोतको सदुपयोग तथा व्यवस्थापन गर्न नसक्दा पिउने पानी उपलब्ध गराउन नसक्नु ।
  • विपद् व्यवस्थापन गर्न खुल्ला क्षेत्रको अभाव ।
  • अधिकतम स्रोत परिचालनको अभाव ।
  • स्थानीय विषय वस्तुमा अध्ययन / खोजीमा कमी ।
  • सुविधा सम्पन्न स्वास्थ्य सेवा दिने अस्पतालको कमी ।
  • पुराना मौलिक संस्कृतिको सम्बर्धनमा कमी ।
  • नगरवासीहरूमा नगर विकास योजनामा विश्वास र अपनत्व पैदा गर्न नसक्नु ।
  • सार्वजनिक नदी खोला अतिक्रमण नियन्त्रण गर्न नसक्नु ।
  • बढ्दो जनसङ्ख्याको चापले गर्दा वातावरण प्रदुषणमा वृद्धि र नगरबासीमा शान्ति सुरक्षाको प्रत्याभुति पूर्ण रूपमा हुन नसकेको ।

      अवसर :

  • स्थानीय तह निर्माण पश्चात, नयाँ सोच, अधिकार र दायित्व सहितको निर्वाचित प्रतिनिधि वहाली भएको छ ।
  • नगरवासीहरूमा नयाँ आशा अपेक्षा र जागरूकता वृद्धि भएको अवस्था छ ।
  • नगरपालिका भित्र रहेका धार्मिक मठ मन्दिर, ऐतिहासिक वस्तीहरूलाई जोड्ने धार्मिक सर्किट निर्माण गर्न सकिने ।
  • हरियाली सहरको रूपमा विकास गर्न सकिने ।
  • नगर निर्माणमा महिला, युवा, संघ संस्था र टोल समीतिहरूको समूह क्रियाशील र सहभागी हुन अग्रसर रहेका छन् ।
  • फुटबल, क्रिकेट, बास्केटबल, ह्यान्डबल, साइक्लिङ लगायत अन्य खेलहरूका मैदानले खेलकुद हब को रूपमा विकास गर्न सकिने ।
  • पहिलो रोजाईको आवासीय क्षेत्रको रूपमा विकास गर्न सकिने ।
  • आध्यात्मिक केन्द्रको  (Spiritual Hub) रूपमा विकास गर्न सकिने ।
  • अव नगर विकासमा जुट्नै पर्ने चेतना नगरबासीमा बढ्नु ।

       चूनौतीहरू

  • नयाँ संविधान, ऐन र नियमको प्रभावकारी निर्माण र कार्यान्वयनमा ढिलाई ।
  • विभिन्न तहका सरकारको प्रशासनिक जटिलता र योजना कार्यान्वयन क्षमता वृद्धि गर्नुपर्ने ।
  • नयाँ नगरपालिका भएकोले कर्मचारी संङ्ख्या र कार्य क्षमता वृद्धि गर्नुपर्ने
  • नगरवासीहरूमा नगर विकास प्रतिको दायित्वबोध र अपनत्व विकास गर्नुपर्ने ।
  • साँघुरा गल्ली सडक र वस्तीका मूल सडकहरू विस्तार गर्ने समस्या ।
  • स्वच्छ पिउन पानीको मुहान खोजी गरी उपयुक्त खुल्ला स्थानमा वितरण प्रणाली व्यवस्थापन गर्नु ।
  • भोगचलनमा रहेका सार्वजनिक जग्गा संरक्षण र सदुपयोग गर्ने कार्य ।
  • नगरपालिकाको १ देखि १३ वडा बिच अन्तर सम्बन्ध, सहकार्यका लागि र आवत-जावतको सडक  सन्जाल स्थापित गर्नु ।
  • फोहोर व्यवस्थापन र वातावरण मैत्री सहर बनाउनु ।