FAQs Complain Problems

समाचार

न्याईक समितिको निर्णय तथा फैसलाहरु

क्र.स.  मिति कामको विवरण कैफियत
१. २०७४/९/११
  • न्यायिक समितिबाट हेरिने मुद्धाहरुमा पेशी हुने दिन र समय तोक्ने निर्णय |
  • इजालस बस्ने र मेलमिलाप गर्ने सम्बन्धमा निर्णय |
 
२०७४/९/१६
  • न्यायिक समिति समक्ष परेका उजुरिमा प्रतिवादीलाई म्याद काट्ने निर्णय |
  • यस नगरपालिकाको मुद्दाहरु र न्यायिक समितिका मुद्दाहरु न्यायिक समितिमा ल्याई राख्ने |
 
२०७४/९/२५
  • कपन गुम्बाले ओगटेको जग्गा र मन्दिर सम्बन्धमा आवश्यक कारबाही  अगाडि बढाउने सम्बन्धमा निर्णय गरियो |
  • लेखनाथ खनालको सम्पन्न रोक्का सम्बन्धमा आवश्यक जाचँबुझ र कारबाही गर्ने |
  • रुपादेवी श्रेष्ठको जग्गा भोगचलन सम्बन्धमा आवश्यक कारबाही अगाडी बढाउने |
 
२०७४/९/२८
  • धिरज श्रेष्ठको जग्गामा पर्खाल लगाउन खोज्दा साधिँयार नै नभएका ,सिमानानै नजोडिएका व्यक्तिले रोक्न खोजेकोमा नापीले नाप नक्सा गरेको सिमानामा पर्खाल लगाउन दिने निर्णय |
 
२०७४/१०/९
  • निवेदक ध्रुव भण्डारीले छिमेकिको घरको निर्माण सम्पन्न रोक्न दिएको निवेदनमा छलफल हुदाँ सामान्य असमझदारी रहेको देखिदा दुबै पक्षलाई सम्झाई बुझाई मेलमिलाप गराईएको |
  • गंगा ओलिको लेनदेन विषयमा प्रत्यक्षी झिकाई छलफल गराउने निर्णय |
  • निवेदक भिष्म ओझाको घर खाली गरि पाऊ भन्ने निवेदन सम्बन्धमा मिलापत्र गराई घरमा बस्ने दिक्षा चापागाई लाई दिएको म्याद आज सकिएकोमा उक्त घरमा गई मुचुल्का बनाई घर बाट उडिसकेकोले घर धनि लाई साँचो जिम्मा दिइएको |
 
२०७४/१०/१२
  • निवेदक बिनिता श्रेष्ठ र बलराम सार्किको घर खाली सम्बन्धि मुद्दामा दुबै पक्षको बहस छलफल सुनि फिल्ड निरिक्षण गर्नुपर्ने भएकोले अर्को तारिख तोक्ने निर्णय गरियो |
  • सांगे फुन्छोंङ लामा विरुद्ध जुना लामाको सम्बन्ध विच्छेद मुद्दामा प्रतिवादिको म्याद सम्बन्धमा आवश्यक कारबाही अगाडि बढाउने निर्णय |
  • नाम्ग्याल लामा र सुमित्रा थापाको सम्बन्ध विच्छेद मुद्धामा प्रतिवादीलाई वारिस मार्फत उपस्थित गराउने निर्णय गरियो |लेखनाथ खनाल र काशी गंगा गुरुङको निर्माण सम्पन्न रोक्का निवेदन सम्बन्धमा प्राबिधिक प्रतिवेदन मगाई दुबै पक्ष राखि छलफल गराउने निर्णय |
 
२०७४/१०/१९
  • निवेदक गंगा ओलिको लेनदेन सम्बन्धमा पुस्कर खड्का र दिपक के.सी राखि दिएको आठ लाख रुपया मिलापत्र सहमति बमोजिम आज निजहरुले दिन ल्याएकोले कागजको पिदमा जनाई उक्त रकम निवेदक लाई दिलाई मुद्दा टुङ्गिएको |
 
२०७४/१०/२२
  • निवेदक आशिष घिमिरेको सम्बन्ध विच्छेद मुद्धामा छलफल गराउदा सम्पत्ति को अंशवन्डा सम्बन्धमा कुरा नमिलेकोले अर्को तारिखमा छलफल गराउने निर्णय गरियो|
  • निवेदक भुवन सि.राईको आज दर्ता गरेको सम्बन्ध विच्छेद मुद्दामा प्रतिवादी भक्त कुमारी राईको नाममा १५ दिने म्याद जारी गर्ने निर्णय गरियो |
 
२०७४/१०/२३
  • कपन गुम्बाको सार्बजनिक जग्गा सम्बन्धमा मालपोत कार्यलयलाई लेखेको पत्रको जवाफ नआएकोले राष्ट्रिय सुचना आयोग लाई पत्र लेख्ने निर्णय गरियो |
    • निवेदक पार्बती श्रेष्ठको निवेदन उपर छलफल हुदाँ प्रतिवादी राजेन्द्र श्रेष्ठलाई झिकाउने निर्णय गरियो |
 
१० २०७४/१०/२६
  • निवेदक पार्वती श्रेष्ठ र राजेन्द्र श्रेष्ठ भएको तलब भत्ता दिलाउने सम्बन्धमा मिलापत्र भएकोले मिलापत्र बमोजिम कार्यान्वयन गरि दिन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरियो |
 
११ २०७४/११/८
  • कपन गुम्बाको सार्वजनिक जग्गा तथा मन्दिर सम्बन्धमा गुम्बा पक्ष र मन्दिर संरक्षण समिति समेत राखि छलफल गराउने निर्णय गरियो |
 
१२ २०७४/११/११
  • आङदोर्जि शेर्पाको टहरा खाली गर्ने सम्बन्धमा छलफल गराउदा टहरा हटि जान समय माग गरेकोले २०७४/१२/२ सम्म समय दिने निर्णय गरियो
  • नाम्ग्याल लामाको सम्बन्ध विच्छेद मुद्धामा प्रतिवादिले विदेशमा भएका श्रिमान संग कुरा गर्न समय माग गर्नु भएकोले समय दिई अर्को दिनको तारिख दिने निर्णय गरियो |
  • काशि गंगा गुरुङको घर सम्बन्धमा पुनः प्राबिधिक जाचँ गर्नु पर्ने भएकोले सो आएका बखत प्रकृया अगाडि बढाउने गरि मुलतवी राख्ने निर्णय गरियो |
 
१३ २०७४/११/१५
  • निवेदक आशिष घेमिरेको सम्बन्ध विच्छेद मुद्दामा मिलापत्र गराउन नसकिएकोले र अशं माना चामल मुद्धा का.जि.अदालतमा चलि रहेकोले प्रस्तुत मुद्दा पनि लगाउको रुपमा श्री का.जि. अदालतमा पठाउने निर्णय गरियो |
  • निवेदक राज नारायण सि. दनुवारको निवेदन सम्बन्धमा प्रतिवादी लक्ष्मी तुलाधर लाई झिकाई बुझ्नको लागि आगामी शुक्रवारको उपस्थित गराउने निर्णय गरियो |
 
१४ २०७४/११/१८
  • विनिता श्रेष्ठको निवेदन सम्बन्धमा प्रतिवादी बलराज सार्कीलाई अदालतमा चलेका मुद्दाको प्रतिलिपी पेश गर्न भनि अगामी तारिखमा छलफल पेशी तोक्ने निर्णय गरियो।
  • साङ्गे तामाङको सम्बन्ध विच्छेद मुद्दामा प्रतिवादिको काकाले सम्बन्ध विच्छेद गरिदिने कागजात पेश गरेकोले वादीलाई पनि थप प्रमाण झिकाउन आदेश गरियो ।
 
१५ २०७४/११/१९
  • निवेदक साङ्गे फुन्छोङ तामाङ को सम्बन्ध विच्छेद मुद्दामा प्रतिवादी जुना लामा छलफल गर्न नआई नेपाल बाहिर रहेकोले र साथै प्रतिवादी लगातार ३ वर्ष भन्दा बढी अलग बसेकोले सम्बन्ध विच्छेद गर्न उपयुत्त देखिएकोले सक्कल मिशिल श्री का.जि.अ मा पठाउने निर्णय गरियो ।
 
१६ २०७४/१२/२
  • निवेदक नाम्ग्याल लामाको सम्बन्ध बिच्छेद मुद्दामा वादी र प्रतिवादिलाई नेट मार्फत सम्पर्क गराई प्रतिवादी आफ्नो पासपोर्ट लिई उपस्थित हुन अगामी तारिख तोक्ने निर्णय गरियो ।
  • निवेदक गोपाल ब.ढुङ्गानाको सम्बन्धमा प्रतिवादिको नाउँमा १५ दिने म्याद जारी गर्ने निर्णय गरियो
  • आशिष घिमिरेको मुद्दा विषयमा अदालतमा पठाउने निर्णय गरियो ।
 
१७ २०७४/१२/६
  • निवेदक विनिता श्रेष्ठ र प्रतिवादी बलराम सार्किको बसोबास सम्बन्धी विवादित मुद्दामा आवश्यक फिल्ड निरिक्षण गर्न न्यायिक समिति उक्त ठाउँमा जाने निर्णय गरियो ।
 
१८ २०७४/१२/१३
  • निवेदक विनिता श्रेष्ठ र प्रतिवादी बलराम सार्किको विषयमा गरिएको फिल्ड निरिक्षणको प्रतिवेदन न्यायिक समितिमा पेश गर्ने निर्णय गरियो ।
  • नाम्ग्येल लामाको सम्बन्ध विच्छेद मुद्दामा प्रतिवादी उपस्थित हुन नसक्दा पुनः अर्को तारिख तोकि छलफल गर्ने निर्णय गरियो ।
  • प्रल्हाद बस्नेतको निवेदन सम्बन्धमा फिल्ड निरिक्षण गर्न यस न्यायिक समितिका सदस्य सहित प्रबिधिक टोली पठाउने निर्णय गरियो ।
 
१९ २०७४/१२/१६
  • निवेदक आङ दोर्जि शेर्पाको अंश हकमा परेको टहरा खाली गर्ने निर्णयमा प्रतिवादी लाई समय दिने निर्णय गरियो ।
  • निवेदक रत्न कुमारी तामाङको प्रतिवादिको नाममा जारी भएको म्याद बाकीँ रहेकोले अर्को दिनको तारिख दिने निर्णय गरियो ।
 
२० २०७४/१२/२६
  • निवेदक सलिना श्रेष्ठको मुद्दामा न्यायिक समिति बाट स्थलगत निरिक्षण गर्ने निर्णय गरियो ।
 
२१ २०७४/१२/३०
  • निवेदक विनिता श्रेष्ठको निवेदन सम्बन्धमा छलफल हुदा यसमा प्रमुख ज्यु बाट रोक्का राखेको देखिदा प्रमुख ज्यु समेतको उपस्थितिमा निर्णय लिन उपयुक्त देखिदा अर्को दिनको पेशी तारिख दिने निर्णय गरियो
  • पुष्पा बस्नेतको संस्थाको क्यानल सेन्टर संचालनले वातावरण प्रभाव पारेको विषयमा आगामी वैशाक ४ गते छलफलमा सहभागी हुने मौखिक सहमति गरियो ।
 
२२ २०७५/०१/०४
  • निवेदक आङदोर्जे शेर्पाको घर टहरा खाली गराउने सम्बन्धमा घर टहरा क्षति भएको भनि निवेदकले निवेदन दिएको हुदा न्यायिक समिति बाट फिल्ड निरिक्षण गर्ने निर्णय गरियो ।
  • पुष्पा बस्नेतको बालगृह र लक्ष्मी शर्माको पशु उपचार सम्बन्धी संस्था बिच छलफल गराई पशु उपचार केन्द्रले ६ महिना भित्र वातावरणिय प्रभाव नपर्ने किसिमको मापदण्ड पुरा गरि काम गर्ने प्रतिवद्ता भएकोले उक्त समय दिने निर्णय गरियो ।
 
२३ २०७५/०१/०६
  • निवेदक राज नारायण सिं दनुवारको घर खाली सम्बन्धी निवेदनमा दुबै पक्ष विच सहमति भई घर खाली गर्ने निर्णय भएकोले सोहि अनुसार मिलापत्र गराई दिने निर्णय गरियो ।
  • निवेदक रत्न कुमारी तामाङको घर खाली सम्बन्धमा अदालतमा निषेधाज्ञा मुद्दा परेकोले अर्को तारिख दिने निर्णय गरियो ।
 
२४ २०७५/०१/१४
  • निवेदक विनिता श्रेष्ठको निवेदन सम्बन्धमा विचार गर्दा प्र.बलराम सार्कीको श्री का.जि.अ मा मुद्दा परेकोले यथार्थ विवरण बुझ्न दुबै पक्ष राखि छलफलको लागि अर्को तारिख तोक्ने निर्णय गरियो ।
  • सलिना श्रेष्ठको निवेदन सम्बन्धमा परेको बाटो सम्बन्धी मुद्दामा परापुर्वको बाटो हो होइन भनि बुझ्ने निर्णय गरियो ।
 
२५ २०७५/०१/२१
  • निवेदक सलिना श्रेष्ठको जग्गाको दाता तिल कुमारी श्रेष्टको वयान लिने र उपस्थित सवैलाई उठ वयान रोहवरमा राख्ने निर्णय गरियो ।
 
२६ २०७५/०१/२३
  • निवेदक आङदोर्जी शेर्पाको निवेदन सम्बन्धमा पुर्व निर्णय बमोजिम मेल-मिलाप गर्ने सहमति र मिलापत्र भई कोठा खाली गराई मुचुल्का समेत तयार गरियो ।
 
२७ २०७५/०१/२४
  • निवेदक कमला शर्मा र युयुत्सु स्कुलको ढल निकास सम्बन्धि मुद्दामा प्रमुख श्री उद्धव प्र.खरेलको समेत उपस्थितिमा दुवै पक्ष राखि छलफल गराई मेलमिलाप को वातावरण सृजना गर्ने निर्णय गरियो ।
 
२८ २०७५/०१/२६
  • निवेदक कमला शर्मा निवेदक भई चलेको मुद्दामा निज उपस्थित नभई संचालक बाबुराम भट्टराई लाई अख्तियारी दिएको मुद्दामा यसै न्यायिक समितिको फिल्ड निरिक्षण गर्दा गुणराज घिमिरेको जग्गामा भेटिएको  ४”पोलिथिन पाइप ढल जमिन मुनि देखिएकोले दुवै पक्षलाई मर्का नपर्ने गरि उचित विकल्प खोज्न छलफल गर्ने निर्णय गरियो ।
 
२९ २०७५/०१/२८
  • युयुत्सु स्कुल र ज.ध गुणराज घिमिरेको ढल निकास सम्बन्धी मुद्दामा दिर्घकालिन समाधानका लागि दक्षिण तर्फका खाली जग्गाका जग्गा धनी लाई पहल गर्न अगामी मंगलबार सम्म समय दिने निर्णय गरियो ।
 
३० २०७५/०२/०१
  • निवेदक कमला शर्मा सम्बन्धी युयुत्सु स्कुल र ज.ध गुणराज घिमिरेको ढल निकास सम्बन्धी मुद्दामा युयुत्सु स्कुललाई ढल निकासको उपर्युक्त र दिर्घकालिन निकासको विकल्पका लागि समय दिने र अवश्यक परेको खण्डमा सम्बन्धित वडा कार्यलयलाई सहजकर्ताको  भुमिका निर्वाह गरिदिन लाई पत्रचार गर्ने निर्णय गरियो ।